काठमाडौँ । सिद्धार्थ बैंकको तीन महिनाको अवधिमा बैंकको खुद नाफा १५.१७ प्रतिशतले घटेर ३२ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३८ करोड २० लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको ५३ करोड ९५ लाख रुपैयाँ रहेको सञ्चालन नाफा घटेर साढे ५० करोड रुपैयाँमा खुम्चिएको वित्तीय विवरणमा उल्लेख छ ।
असोज मसान्तसम्मको अवधिमा बैंकले २ अर्ब १६ करोड २५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । समिक्षा अवधिसम्ममा बैंकको खराब कर्जा ३.८० प्रतिशत पुगेको छ ।

