२०८३, आश्विन १९ गते

images
  • उर्जा
  • ‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न...

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

‘डेडिकेटेड लाइन’ विवाद सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

आइतवार, कार्तिक २३ २०८२०२:२७
आइतवार, कार्तिक २३ २०८२०२:२७
  • images

    काठमाडौँ । डेडिकेटेड र ट्रंक लाइनको महशुल भूक्तानीका सम्बन्धमा प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयलाई सहजीकरणका लागि निर्देशन दिएको छ । 

    कार्तिक २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ऊर्जा मन्त्रालयलाई पत्र पठाउँदै आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    कार्तिक १७ गते भएको छलफल र समझदारीलाई स्मरण गर्दै प्रधानमन्त्री कार्यालयले महशुल भूक्तानीलाई सरलीकरण गर्ने तथा उद्योगीहरुको पुनरावलोकन सुन्ने व्यवस्था मिलाउन ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको हो ।

    प्रधानमन्त्री कार्यालयले भएको समझदारी कार्यान्वयनमा सहजीकरण गर्न उद्योग वाणिज्य महासंघलाई पनि निर्देशनसहित अनुरोध गरेको छ ।

    pm notice.jpg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend