२०८३, आश्विन २० गते

images

एनआईसी एशिया बैंकका ग्राहकलाई पर्वतको द क्लिफ नेपालमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई पर्वतको द क्लिफ नेपालमा १० प्रतिशत छुट

आइतवार, कार्तिक २३ २०८२०५:२३
आइतवार, कार्तिक २३ २०८२०५:२३
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकलाई द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । सो सम्झौता पश्चात बैंकका ग्राहकले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरु लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
      
    बैंकका ग्राहकले द क्लिफ नेपालमा आवास सेवा, मेगाट्रोल, स्काइसाइकल, स्काइ क्याफे सेवाहरुमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने बैंकले जनाएको छ । 

    उक्त सुविधा उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ । द क्लिफ नेपालसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend