२०८३, आश्विन २० गते

images

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने, राष्ट्र बैंकको नयाँ व्यवस्था

क्यासिनोले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्नुपर्ने, राष्ट्र बैंकको नयाँ व्यवस्था

सीएनएन खबर
मंगलवार, कार्तिक २५ २०८२१०:३०
सीएनएन खबर
मंगलवार, कार्तिक २५ २०८२१०:३०
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अबदेखि क्यासिनो तथा यस्तै प्रकृतिका संस्थाले अनुमति लिएर मात्रै विदेशी मुद्राको कारोबार गर्न सक्ने व्यवस्था गरेको छ। राष्ट्र बैंकले सोमबार जारी गरेको सूचनामा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार इजाजत लिएर मात्र विदेशी विनिमय कारोबार गर्न सकिने प्रावधानको कार्यान्वयन गर्दै नयाँ प्रबन्ध गरिएको उल्लेख गरिएको छ।

    केन्द्रीय बैंकले विदेशी विनिमयसम्बन्धी विभिन्न विनियमावली जारी भइसकेको उल्लेख गर्दै क्यासिनोलाई विदेशी मुद्राको कारोबार गर्न इजाजत प्रदान गर्ने नयाँ व्यवस्था गरिएको जनाएको छ। राष्ट्र बैंकको सूचनामा भनिएको छ, “क्यासिनोलगायतका संस्थाले अनुमति (इजाजत) लिएर मात्र विदेशी विनिमय (भारतीय मुद्रा समेत)को कारोबार गर्नु वा गराउनु पर्नेछ।”

    यससँगै, क्यासिनो र अन्य विदेशी मुद्रासँग सम्बन्धित कारोबार गर्ने व्यवसायहरूलाई अब औपचारिक अनुमति प्रक्रियामा प्रवेश गर्नुपर्ने भएको छ। त्यस्तै, नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन पनि जारी गरेको छ। सो निर्देशनअनुसार ‘प्रिपेड कार्ड’, ‘डेबिट कार्ड’ र ‘क्रेडिट कार्ड’बाट गरिने कारोबारको सीमा तोकिएको छ।

    नयाँ व्यवस्थाअनुसार अब डेबिट कार्डबाट प्रतिकारोबार २० हजार रुपैयाँ बराबर र प्रतिदिन अधिकतम ५० हजार रुपैयाँ बराबर मात्र कारोबार गर्न सकिनेछ। यसअघि प्रतिदिन १ लाख रुपैयाँसम्म कारोबार गर्न पाइन्थ्यो। त्यस्तै, प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार रुपैयाँ बराबर र प्रतिदिन २० हजार रुपैयाँ बराबर मात्र कारोबार गर्न सकिनेछ भने मासिक रूपमा २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ। प्रिपेड कार्डसम्बन्धी अन्य प्रावधान यथावत् रहेको राष्ट्र बैंकले जनाएको छ।

    क्रेडिट कार्डका हकमा भने, स्वीकृत सीमाको १० प्रतिशतसम्म कारोबार गर्न सकिने पुरानै व्यवस्था कायम राखिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend