२०८३, आश्विन १९ गते

images
  • फोटो फिचर
  • स्काउटको जग्गामा दीपक खड्काले बनाएका संरचनामा...

स्काउटको जग्गामा दीपक खड्काले बनाएका संरचनामा महानगरले चलायो डोजर

स्काउटको जग्गामा दीपक खड्काले बनाएका संरचनामा महानगरले चलायो डोजर

बिहिवार, कार्तिक २७ २०८२१०:१२
बिहिवार, कार्तिक २७ २०८२१०:१२
  • images

    काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

    Photo-2-3.png

    स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । यसअघि नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो ।

    Scout-land-dojar.png

    नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात दिनभित्र बक्यौता बुझाउन अन्तिम ताकेता गरेको थियो । उक्त समयसिमा भित्र पनि खड्काको कम्पनीले भाडा नबुझाएपछि आज महानगरले स्काउटको जग्गामा बनेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा डोजर चलाएको हो ।

    यो जग्गा भोग चलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ सालमा १० वर्षे करार सम्झौता भएको थियो । सम्झौता गरेको समय अवधि सकिए पनि कम्पनीले स्काउटको स्वामित्वमा रहेको जग्गा खाली गरेको थिएन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend