२०८३, आश्विन १९ गते

images
  • विश्व
  • टर्कीमा सैन्य कार्गो विमान दुर्घटना, २०...

टर्कीमा सैन्य कार्गो विमान दुर्घटना, २० को मृत्यु

टर्कीमा सैन्य कार्गो विमान दुर्घटना, २० को मृत्यु

बिहिवार, कार्तिक २७ २०८२१०:२२
बिहिवार, कार्तिक २७ २०८२१०:२२
  • images

    काठमाडौँ । टर्कीको सैन्य कार्गो विमान जर्जियामा दुर्घटनाग्रस्त हुँदा २० जनाको मृत्यु भएको छ । टर्कीका रक्षामन्त्रीले विमानमा सवार सबैको मृत्यु भएको बुधबार घोषणा गरे ।

    अजरबैजानको गान्जाबाट टर्की जाँदै गरेको सी–१३० बिमान मंगलबार अजरबैजानको सीमानजिकै जर्जियाको सिघनाघीमा दुर्घटनाग्रस्त भएको हो । 

    विमान दुर्घटनाको कारणको हाल अनुसन्धान भइरहेको छ । टर्कीको अनुसन्धान टोली दुर्घटनास्थलमा पुगेर जर्जियाली अधिकारीहरूसँग समन्वय गरी विमानको भग्नावशेषको निरीक्षण गरिरहेका त्यहाँको राष्ट्रिय रक्षा मन्त्रालयले जनाएको छ ।

    जर्जियाली गृहमन्त्री गेला गेलाड्जेले अहिलेसम्म १८ जना पीडितको अवशेष निकालिएको र अन्य दुई जनाको पत्ता लगाउने प्रयास जारी रहेको बताए । दुर्घटनास्थलमा बोल्दै गेलाड्जेले सैन्य संवेदनशीलताका कारण टर्कीका अधिकारीहरूसँग समन्वय गरी दुर्घटनासम्बन्धी विवरण चरणबद्ध रूपमा जारी गरिने जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend