२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • सिद्धार्थ बैंक एनपीएलको पहिलो चरणको ६...

सिद्धार्थ बैंक एनपीएलको पहिलो चरणको ६ दिनको खेलका टिकट बुकिङ खुला

सिद्धार्थ बैंक एनपीएलको पहिलो चरणको ६ दिनको खेलका टिकट बुकिङ खुला

शुक्रवार, कार्तिक २८ २०८२१०:२७
शुक्रवार, कार्तिक २८ २०८२१०:२७
  • images

    काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुल्ला गरेको छ । मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने एनपीएल दोस्रो संस्करण प्रतियोगिताका लागि विभिन्न दरमा टिकट बिक्री सुरु गरेको हो ।

    क्यानले एक सूचना जारी गर्दै दर्शकका लागि पहिलो चरणमा हुने प्रतियोगिताको पहिलो ६ दिनको खेलहरुको लागि टिकट बिक्री खुल्ला गरेको जानकारी दिएको छ । 

    क्यानका अनुसार विभिन्न वर्गका टिकट मूल्य तोकिएका छन । जसमध्ये ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १,५०० तोकिएको छ। त्यस्तै, साप्ताहिक दिनमा हुने खेल हेर्न जनरल टिकट ५०० र प्रिमियम टिकट १,००० तोकिएको छ ।

    यसका साथै सबै खेल हेर्न चाहने दर्शकका लागि विशेष सिजन पास को व्यवस्था गरिएको छ, जसको मूल्य १५,००० तोकिएको छ । टिकट ‘खल्ती बाइ आईएमई’ मार्फत अनलाइन खरिद गर्न सकिने समेत क्यानले जनाएको छ।

    सिद्धार्थ बैंक लिमिटेड पाँच वर्षका लागि एनपीएलको मुख्य प्रयोजक बनेको छ। क्यानद्वारा आयोजना हुने एनपीएल २०२४ देखि २०२९ सम्म (५ वर्ष) को मुख्य प्रायोजकको रुपमा आवद्ध भएको बैंकले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend