२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • नेकपा (एमाले) लमजुङमा कार्तिक २९ गते...

नेकपा (एमाले) लमजुङमा कार्तिक २९ गते विशाल जनप्रदर्शनको तयारी तीव्र

नेकपा (एमाले) लमजुङमा कार्तिक २९ गते विशाल जनप्रदर्शनको तयारी तीव्र

सीएनएन खबर
शुक्रवार, कार्तिक २८ २०८२११:०३
सीएनएन खबर
शुक्रवार, कार्तिक २८ २०८२११:०३
  • images

    लमजुङ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी लमजुङले देशको सार्वभौमसत्ता र संवैधानिक व्यवस्थाको रक्षाको संकल्पसहित कार्तिक २९ गते शनिबार सदरमुकाम बेंसीशहरमा विशाल जनप्रदर्शन तथा जनसभा आयोजना गर्ने भएको छ।

    पार्टीले देशमा अराजकता सिर्जना गर्ने र नेपालको अस्मिता सिध्याउन खोज्ने शक्तिहरूका विरुद्ध ‘प्रतिगमनविरुद्ध एक हुन’ सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तकहरूलाई जनप्रदर्शनमा सहभागी हुन आग्रह गरेको छ।

    जनप्रदर्शनको तयारी तीव्र पारिएको नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष राजकुमार विष्टले बताउनुभएको छ। कार्यक्रम सफल पार्नका लागि जिल्लास्तरीयदेखि टोल तहसम्म तयारीहरू भइरहेका छन्। यसअघि कार्तिक २४ गते सचिवालय बैठक सम्पन्न भएको थियो भने कार्तिक २२ गते ७५ वटै वडामा भेला र कार्तिक २५ गते पालिका केन्द्रमा प्रदर्शन भइसकेको छ।

    नेकपा एमाले लमजुङ इन्चार्ज जमीन्द्रमान घलेले देशमा क्षति पुर्‍याउन खोज्ने अराजक तत्वहरूको घुसपैठ रोक्न र सत्य तथ्य जानकारी गराउन जनप्रदर्शन आयोजना गर्न लागिएको बताउनुभयो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend