२०८३, आश्विन १९ गते

images
  • विश्व
  • हङकङमा नेपालीका लागि ट्रान्जिट भिसा आवश्यकता...

हङकङमा नेपालीका लागि ट्रान्जिट भिसा आवश्यकता हटाइयो

हङकङमा नेपालीका लागि ट्रान्जिट भिसा आवश्यकता हटाइयो

शुक्रवार, कार्तिक २८ २०८२१२:५०
शुक्रवार, कार्तिक २८ २०८२१२:५०
  • images

    काठमाडौं । हङकङ सरकारले नोभेम्बर १५ देखि लागू हुने गरी नेपाली राहदानी धारक यात्रुहरूलाई ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको छ। नेपाली महावाणिज्यदूतावास हङकङका अनुसार, लामो समयदेखि चलिरहेको कूटनीतिक पहल र औपचारिक अनुरोधका परिणामस्वरूप हङकङ हुँदै तेस्रो देशतर्फ यात्रामा जान चाहने नेपालीहरूले अब ट्रान्जिट क्षेत्रभित्र बस्ने सर्तमा भिसा लिनु नपर्ने भएका हुन्।

    सन् २००५ जुन महिनादेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमार्फत यात्रा गर्ने नेपाली नागरिकका लागि ट्रान्जिट भिसा अनिवार्य गरिएको थियो। संसारकै व्यस्त विमानस्थलमध्ये एक मानिने हङकङमा भिसा आवश्यकता हुँदा नेपाली यात्रुले वर्षौंसम्म असहजता भोग्दै आएका थिए।

    महावाणिज्यदूतावासले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हङकङ सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधान हटाएपछि नेपाली राहदानी बाहक यात्रुहरूको यात्रामा सहजता आउने विश्वास गरिएको छ। साथै, यस कदमले नेपाली यात्रुहरूलाई हङकङ ट्रान्जिटमार्ग रोज्न प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।”

    यस व्यवस्थाले नेपालबाट तेस्रो देशतर्फ र अन्य देशबाट नेपाल आउने यात्रु दुवैलाई सुविधा प्रदान गर्नेछ।

    honga.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend