२०८३, आश्विन २० गते

images

दुबईबाट आएको जहाज ‘होल्डिङ फ्युल’ कम हुँदा दिल्ली डाइभर्ट

दुबईबाट आएको जहाज ‘होल्डिङ फ्युल’ कम हुँदा दिल्ली डाइभर्ट

शुक्रवार, कार्तिक २८ २०८२०१:४१
शुक्रवार, कार्तिक २८ २०८२०१:४१
  • images

    काठमाडौं । काठमाडौं। दुबईबाट आएको नेपाल एयरलाइन्सको आरए २३० नम्बरको जहाज आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड गर्न नसक्दा भारतको दिल्ली डाइभर्ट गरिएको छ।

    विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार जहाज बिहान १० बजेर ५८ मिनेटमा अवतरण गर्नुपर्ने भए पनि विमानस्थलमा चापका कारण अकासमै होल्ड गर्नुपर्याे। तर, लामो समयसम्म होल्ड राख्न आवश्यक ‘होल्डिङ फ्यूल’ कम देखिएको हुँदा जहाजलाई सुरक्षा कारणले दिल्ली पठाइएको हो।

    प्रवक्ताले बताएअनुसार जहाज दिल्लीमा ल्याण्ड गरेर इन्धन भरेपछि पुनः काठमाडौं फर्किनेछ। यो घटनाले विमानस्थलमा होल्डिङ प्रक्रिया र इन्धन व्यवस्थापनको महत्त्वलाई पुनः उजागर गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend