२०८३, आश्विन २० गते

images

ललितपुरका मेयर चिरिबाबु भन्छन्– नगरवासीको सुरक्षा र दिनचर्या सुधार हाम्रो प्राथमिकता

ललितपुरका मेयर चिरिबाबु भन्छन्– नगरवासीको सुरक्षा र दिनचर्या सुधार हाम्रो प्राथमिकता

आइतवार, कार्तिक ३० २०८२०१:४२
आइतवार, कार्तिक ३० २०८२०१:४२
  • images

    ललितपुर । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले नगरवासीको सुरक्षा, दैनिक जीवन सुधार र आम्दानी सृजना सहयोग नगरपालिकाको मुख्य काम भएको बताएका छन् ।

    आइतबार आयोजित कार्यक्रममा महर्जनले जेनजी आन्दोलनका बेला ललितपुरको दमकल सेवा केवल महानगरभित्र मात्र नभई काठमाडौंका महत्त्वपूर्ण स्थानहरूमा पनि प्रदान गरेको बताए । 

    उनले भने, ‘सिंहदरबार, सर्वोच्च अदालत, हिल्टन होटल र संसद् भवनमा समेत ७९ पटक दमकल सेवा दिएको छ। हाम्रो दमकलमा फम प्रणाली छ, जसले आगो छिटो निभाउँछ ।’

    महर्जनले आन्दोलनका क्रममा आगो निभाउन गएको दमकलमाथि समेत बाधा आएको र आगजनी भएको बताउँदै, अब अत्याधुनिक दुई वटा दमकल खरिद गर्ने निर्णय गरिएको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूका लागि प्रयोग हुने गाडीमा पनि आगजनी भएको उल्लेख गर्दै नयाँ गाडी अधिक सुरक्षित हुने बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend