काठमाडौँ । पाल्पाको रामपुर नगरपालिका–४ का तीन वर्षीय फैजान खान दुर्लभ गौचर रोगबाट पीडित बनेका छन् । उनको उपचार भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान नयाँ दिल्लीमा उपचार भइरहेको परिवारले जनाएको छ ।
चिकित्सकहरूले खानलाई बोन म्यारो ट्रान्सप्लान्ट गर्नुपर्ने बताएका छन्, जुन अत्यन्त चुनौतीपूर्ण, जोखिमपूर्ण र खर्चिलो उपचार हो । नेपालमा यस्तो उपचार सम्भव नभएकाले परिवारले भारत लगेको हो ।
पाँच पटकसम्म परीक्षण गरिसकेपछि चिकित्सकहरूले प्रत्यारोपणका लागि तयारी सुरु गर्न सुझाएका छन् । फैजानकी ११ वर्षीया दिदीको रगत प्रत्यारोपणका लागि उपयुक्त रहेको पाइएको छ, जसले उपचार सफल हुने आशा बढाएको छ ।
तर, आर्थिक अभावले यो प्रक्रिया सहजै सम्पन्न हुन सकिरहेको छैन । फैजानका पिता असरफ मियाँ कतारमा मजदुरी गरेर परिवारको गुजारा चलाइरहेका छन् । भारतमा आफ्नो छोरालाई लागेको दुर्लभ रोगको उपचारको खर्च उनले धान्न सक्दैनन् ।
फैजानकी आमा आसिया खातुन भन्छिन्, ‘हामीले सकेसम्म प्रयास गरिरहेका छौँ, तर आवश्यक ठूलो रकम जुटाउन नसक्ने अवस्था आएको छ ।’
फैजानको जीवन अत्यन्त नाजुक अवस्थामा रहेकोले सेवा नेपालले आर्थिक सहयोग जुटाउन अभियान थालेको छ ।
सानो सानो आर्थिक सहयोगले उपचार खर्च जुट्न सक्ने अपेक्षाले आफुहरुले, फैजान खान बचाउ अभियानु थालेको सेवा नेपालका उपाध्यक्ष ल्याकत अलि बताउछन ।
सेवा नेपालको आफ्नै फेसबुकको पेज मार्फत आर्थिक सहयोगको अपिल गर्दै सहयोग जुटाईरहेको अलिले बताए । फैजानलाई सहयोग गर्न चाहनेले फैजानकी आमा असिया खातुनलाई ९७०२७३९६९८ मा अथवा भारतीय नम्बर: ९१(८४४८४६७५९३ मा सम्पर्क गर्न सक्नेछन् ।

