२०८३, आश्विन २० गते

images

पहिलो त्रैमासमा नेपाल टेलिकमको आम्दानी र नाफा दुबै घट्यो

पहिलो त्रैमासमा नेपाल टेलिकमको आम्दानी र नाफा दुबै घट्यो

सोमवार, मंसिर १ २०८२१०:१२
सोमवार, मंसिर १ २०८२१०:१२
  • images

    काठमाडौँ । पहिलो त्रैमासमा नेपाल टेलिकमको नाफा र आम्दानी दुबै घटेको पाइएको छ । सोमबार कम्पनीले सार्वजजिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरणमा उक्त कुरा उल्लेख गरेको हो ।

    कम्पनीका अनुसार सञ्चालन आयदेखि खुद मुनाफासम्म सबै सूचकांक गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन् ।

    कम्पनीले जारी गरेको विवरणअनुसार, चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख १५ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ६ लाख ७१ हजार अर्थात् ०.०१ प्रतिशत रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिमा टेलिकमको कुल सञ्चालन आय ८ अर्ब ६८ करोड १ लाख ८६ हजार रुपैयाँ थियो ।

    त्यस्तै, चालु आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म टेलिकमको कुल आय ९ अर्ब ४७ करोड १० लाख ५१ हजार रुपैयाँमा सीमित रह्यो । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिमा १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ थियो । यस आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म नेपाल टेलिकमको कुल आय अघिल्लो वर्षको तुलनामा ५९ करोड २६ लाख ८५ हजार रुपैयाँ (५.८९ प्रतिशत) ले घटेको हो ।

    मुनाफातर्फ पनि कम्पनी कमजोर देखिएको छ । ब्याज, कर, मूल्यह्रास लगायत ४ अर्ब ७५ करोड ४ लाख ७१ हजार रुपैयाँमा रोकिँदा गत वर्षको तुलनामा १२।२९ प्रतिशतले कमी आएको टेलिकमले जनाएको छ ।

    कम्पनीका अनुसार यस आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म कर अघिको मुनाफा २ अर्ब ८८ करोड २१ लाख १६ हजार रहेको छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको कर अघिको मुनाफा  ३ अर्व ५५ करोड ३६ लाख ९४ हजारको तुलनामा ६७ करोड १५ लाख ७८ हजार (अर्थात् १८.९०  प्रतिशत) ले कमी भएको हो ।

    यसैगरी यस आर्थिक वर्षको प्रथम त्रैमासिकसम्म खुद मुनाफा  १  अर्व ३२ करोड ५१ लाख ७५ हजार रुपैयाँ छ । उक्त रकम गत आर्थिक वर्षको सोही अवधिको खुद मुनाफा १ अर्ब ७३ करोड ९५ लाख ९० हजारको तुलनामा ४१ करोड ४४ लाख १५ हजार (अर्थात्  २३.८२ प्रतिशत) ले कमी भएको छ ।

    कम्पनीको प्रति शेयर आम्दानी २९ रुपैयाँ ४५ पैसा रहेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend