२०८३, आश्विन २० गते

images

एमसिसीका लागि अमेरिकाले थप ५० मिलियन डलर दिने

एमसिसीका लागि अमेरिकाले थप ५० मिलियन डलर दिने

बुधवार, मंसिर ३ २०८२०२:३७
बुधवार, मंसिर ३ २०८२०२:३७
  • images

    काठमाडौं ।  अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को नेपाल कम्प्याक्टका लागि पाँच करोड अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ)को अनुदान रकम थप गर्ने घोषणा गरेको छ। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक संजालमार्फत रकम थप गरेको जानकारी दिएको छ।

    यससँगै उक्त सम्झौताअन्तर्गत उपलब्ध कुल रकम ७४ करोड ७० लाख अमेरिकी डलर (करिब एक खर्ब ६ अर्ब रुपैयाँ) पुगेको छ। जसमा अमेरिकाको ५५ करोड डलर र नेपाल सरकारको १९ करोड ७० लाख डलर रहने छ।

    यो थप स्रोतले प्राथमिकता प्राप्त विद्युत् प्रसारण पूर्वाधारलाई पूर्ण बनाउने, नेपालको ऊर्जा प्रणालीको सुदृढीकरण गर्ने र क्षेत्रीय ऊर्जा व्यापारको अभिवृद्धिलाई सम्भव बनाउनेजस्ता सम्झौताका उद्देश्यहरू पूरा गर्न मद्दत गर्ने दूतावासले जनाएको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend