२०८३, आश्विन १९ गते

images

एनपिएलमा सुदूरपश्चिमको विजयी सुरुवात

एनपिएलमा सुदूरपश्चिमको विजयी सुरुवात

बुधवार, मंसिर ३ २०८२०९:०१
बुधवार, मंसिर ३ २०८२०९:०१
  • images

     

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा सुदूरपश्चिम रोयल्सले विजयी सुरुवात गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई २९ रनले हराउँदै सुदूरपश्चिमले प्रतियोगिमा सुखद् सुरुवात गरेको हो ।

    सुदूरपश्चिमले दिएको १४७ रनको लक्ष्य पछ्याएको काठमाडौं १६.५ ओभरमा सबै विकेट गुमाएर ११८ रनमा अलआउट भयो । काठमाडौंका लागि ओपार आकाश त्रिपाठीले सर्वाधिक ३४ रन बनाए । ३० बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे ।

    जोन सिम्पसोनले १८ बलमा २ चौका र १ छक्काको सहयोगमा २४ रन बनाए । भीम सार्कीले १० बलमा १ छक्को सहयोगमा १२ रन बनाउँदा मिलिन्द कुमारले १४ बलमा १ चौकाको सहयोगमा ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    सुदूरपश्चिमका लागिस्कट कुगेलेइन, हेमन्त धामी र हर्मित सिंहले २–२ विकेट लिए भने इशान पाण्डे, नरेन साउद र अविनाश बोहराले समान एक–एक विकेट लिए ।

    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको थियो । सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए । उनले २० बलमा २ चौका र ६ छक्काको सहयोगमा अर्धशतक बनाए । 

    त्यसैगरी, कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए । आरिफ शेखले २५ रन जोडे भने इशान पाण्डेले ११ रन जोड्दै आउट भए ।

    बलिङतर्फ काठमाडौंका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्द कुमार र रासिद खानले समान दुई–दुई विकेट लिए । यसअघि भएको पहिलो खेलमा काठमाडौंले जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend