२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • सिद्धार्थ बैंक एनपिएलः आज लुम्बिनी र...

सिद्धार्थ बैंक एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै

सिद्धार्थ बैंक एनपिएलः आज लुम्बिनी र चितवन भिड्दै

बिहिवार, मंसिर ४ २०८२०७:५०
बिहिवार, मंसिर ४ २०८२०७:५०
  • images

    काठमाडौँ । यहाँ जारी नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ । 

    रोहित पौडेलको कप्तानीमा लुम्बिनी मैदानमा उत्रन लागेको हो भने कुशल मल्लको नेतृत्वमा चितवन राइनोजले स्पर्धा गर्दैछ । 

    पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ ।

     गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।  

    गत संस्करणको  लिग चरणमा चितवनविरुद्ध लुम्बिनी  ३३ रनले विजयी भएको थियो । आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend