२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • प्रभु म्यानेजमेण्ट प्रालिका सहायक लेखा प्रमुख...

प्रभु म्यानेजमेण्ट प्रालिका सहायक लेखा प्रमुख महाजु पक्राउ

प्रभु म्यानेजमेण्ट प्रालिका सहायक लेखा प्रमुख महाजु पक्राउ

बिहिवार, मंसिर ४ २०८२०५:४५
बिहिवार, मंसिर ४ २०८२०५:४५
  • images

    काठमाडौं । प्रभु म्यानेजमेन्ट प्रालिका पूर्व शेयरधनी तथा हालका सहायक लेखा प्रमुख हेमकुमार महाजु पक्राउ परेका छन्। काभ्रेपलान्चोक पनौती नगरपालिका– ८ पनौती घर भई ललितपुरको गोदावरी नगरपालिका– ३ टौखेल बस्ने ५१ वर्षीय महाजुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार पक्राउ गरेको हो।

    प्रभु म्यानेजमेन्ट प्रालिको नाममा रहेको सिटिजन्स बैंकको खातामा विभिन्न व्यक्तिहरूको नामबाट शंकास्पद रूपमा १० लाख नबढ्ने गरी ९ लाख ९९ हजार ५०० रूपैयाँका दरले पटकपटक जम्मा भएको, रेमिट कारोबारको क्रममा प्रभु म्यानेजमेण्ट प्रालिले रेमिट रकम भुक्तानी मात्र गर्नुपर्नेमा एकै दिनमा पटकपटक शंकास्पद रकम जम्मा भएको देखिएको प्रहरीले जनाएको छ।

    सिटिजन्स बैंकमा रहेको उक्त खातामार्फत रेमिट कारोबारको आवरणमा अवैध रूपमा नेपालमा विप्रेषण बापत प्राप्त हुने रकम हुण्डीमार्फत प्राप्त गरी हिसाब मिलान गरेको देखिएको र सो कार्यमा संलग्न रहेको अभियोगमा खाता संचालकमध्येका एक महाजुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend