काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो।
चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। चौथो विकेटका लागि कप्तान रोहित पौडेल र गुल्बदिन नैबले ६० रनको साझेदारी गरे। गुल्बदिन अविजित ४४ रनमा रहे भने रोहित ३९ रनमा आउट भए।
बलिङतर्फ रुबेन ट्रम्पलमेनले तीन विकेट लिए भने अविशेष र गुल्बदिनले दुई–दुई विकेट हात पारे।
एनपीएलमा भोलि पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। खेल अपराह्न ४ बजे सुरु हुनेछ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हराएको हो।
चितवनले दिएको १४३ रनको लक्ष्य लुम्बिनीले १८.३ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। चौथो विकेटका लागि कप्तान रोहित पौडेल र गुल्बदिन नैबले ६० रनको साझेदारी गरे। गुल्बदिन अविजित ४४ रनमा रहे भने रोहित ३९ रनमा आउट भए।
बलिङतर्फ रुबेन ट्रम्पलमेनले तीन विकेट लिए भने अविशेष र गुल्बदिनले दुई–दुई विकेट हात पारे। एनपीएलमा भोलि पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। खेल अपराह्न ४ बजे सुरु हुनेछ।