२०८३, आश्विन २० गते

images

४ महिनामा भित्रियो ३६ अर्ब ६८ करोड विदेशी लगानी प्रतिबद्धता, सबैभन्दा बढी कृषि क्षेत्रमा

४ महिनामा भित्रियो ३६ अर्ब ६८ करोड विदेशी लगानी प्रतिबद्धता, सबैभन्दा बढी कृषि क्षेत्रमा

शुक्रवार, मंसिर ५ २०८२१२:२४
शुक्रवार, मंसिर ५ २०८२१२:२४
  • images

    काठमाडौँ । नेपालमा राजनीतिक तथा आर्थिक अनिश्चितताबिच विदेशी लगानी प्रतिबद्धता दोब्बरले बढेको देखिएको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) सम्म ३६ अर्ब ६८ करोड १६ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै शतप्रतिशत अर्थात् १८ अर्ब एक करोड ६६ लाख रुपैयाँले बढी हो ।

    उद्योग विभागका अनुसार चालू आवको कात्तिक मसान्तसम्ममा स्वचालित प्रणाली (अटोमेटिक रुट) बाट दुई अर्ब ३६ करोड ५८ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो । 

    त्यस्तै, स्वीकृत दिने प्रक्रिया ९म्यानुअल प्रणाली०बाट ३४ अर्ब ३१ करोड ५८ लाख रुपैयाँबराबरको प्रतिबद्धता आएको हो । अघिल्लो आवको सोही अवधिमा स्वचालित प्रणाली (अटोमेटिक रुट) बाट एक अर्ब ६२ करोड ७३ लाख रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको थियो । 

    त्यस्तै, स्वीकृत दिने प्रक्रिया (म्यानुअल प्रणाली) बाट १७ अर्ब तीन करोड ७७ लाख रुपैयाँबराबरको प्रतिबद्धता आएको थियो । जेन–जी आन्दोलनपछि देखिएको राजनीतिक एवं आर्थिक अस्थिरताबिच विदेशी लगानी प्रतिबद्धता वृद्धि हुनु सकारात्मक भएको विभागका कर्मचारी बताउँछन् । 

    सबैभन्दा बढी लगानी कृषि क्षेत्रमा

    चालू आवको कात्तिक मसान्तसम्ममा स्वचालित प्रणालीबाट विदेशी लगानीका दुई सय ५१ उद्योग दर्ता भएका छन् । नियमित प्रक्रियाबाट विदेशी लगानीका एक सय ३१ उद्योगले स्वीकृति लिएका हुन् । 

    कुल दुई सय ८२ उद्योगमध्ये उत्पादनमूलक २१ वटा, ऊर्जामूलक एक, कृषिमूलक १३, पर्यटनमूलक एक सय १८, खनिज एक, सेवामूलक २३ र सूचना प्रविधिमूलक उद्योग दुई सय पाँचवटा रहेका छन् । 

    सबैभन्दा बढी लगानी प्रतिबद्धता भने कृषिमूलक उद्योगमा २१ अर्ब ८८ करोड ८० लाखबराबरको आएको हो । त्यस्तै, पर्यटन क्षेत्रमा आठ अर्ब ९४ करोडबराबरको, सेवामूलकतर्फ तीन अर्ब नौ करोडबराबरको र उत्पादनमूलकतर्फ एक अर्ब ६५ करोड रुपैयाँबराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend