२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद् बैठकका निर्णयः ७ लाख धान...

मन्त्रिपरिषद् बैठकका निर्णयः ७ लाख धान पासपोर्ट किन्नेदेखि लुम्बिनी क्षेत्र बिकास कोषको सदस्यसचिव नियुक्तिसम्म

मन्त्रिपरिषद् बैठकका निर्णयः ७ लाख धान पासपोर्ट किन्नेदेखि लुम्बिनी क्षेत्र बिकास कोषको सदस्यसचिव नियुक्तिसम्म

शुक्रवार, मंसिर ५ २०८२०४:३६
शुक्रवार, मंसिर ५ २०८२०४:३६
  • images

    काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पासपोर्ट खरिददेखि लुम्बिनी क्षेत्र विकास कोषको सदस्य सचिव नियुक्तगर्नेसम्मको निर्णय गरेको पाइएको छ ।  शुक्रबार दिउँसो बसेको बैठकले सरकारले अन्तरिम अवधिका लाग हालकै आपूर्तिकर्तासँग सात लाख थान विद्युतीय राहदानी खरिद गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ सम्झौता अनुसार राहदानी जारी नहुँदासम्मको अन्तरिम अवधिका लागि सात लाख थान विधुतीय राहदानी हालको आपूर्तिकर्ता कम्पनीसंग भेरियसन आदेशबाट खरिद गर्न राहदानी बिभागलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

    राहदानीको अभाव देखिएपछि सरकारले सम्झौता रद्द भइसकेको फ्रान्सेली कम्पनीसँगै अन्तरिम अवधिका लागि राहदानी खरिद गर्ने तयारी गरेको हो ।

    त्यस्तै मन्त्रिपरिषद्ले बंगलादेशको ढाकामा मंसिर १० र ११ गते हुने नेपाल–बंगलादेश ऊर्जा क्षेत्रमा सहकार्य गठन गठित संयुक्त कार्य समूह तथा संयुक्त सञ्चालन समितिको सातौ बैठकमा सहभागी हुन ऊर्जा मन्त्रालयका सचिव चिरञ्जिवी चटौत नेतृत्वको टोलीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

    त्यस्तै, लुम्बिनी बिकास कोष, लुम्विनी बिकास परिषद्को सदस्य सचिवमा दिपक श्रेष्ठलाई मनोनित गर्ने निर्णयय भएको प्रवक्ता खरेलले बताए ।

    त्यस्तै बैठकले नेपाली सेनाका एकजना महासेनानीलाई सहायक रथीमा बढुवा र एक जना सहायक रथीलाई उपरथी दर्जामा विशेष बढुवा गर्ने निर्णय गरेको छ ।

    त्यस्तै मन्त्रिपरिषद् बैठकले उपभोक्ता अदालत र बाल अदालतको संगठन संरचना दरबन्दी तेरिज स्वीकृत गर्ने र मंसिर ८ देखि १२ सम्म चीनको ल्हासा शहरमा आयोजना हुने महिला सेमिनामा सहभागी हुन आदिवासी जनजाती आयोगका सदस्य रिना रानालाई स्वीकृत प्रदान गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend