२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • सिद्धार्थ बैंक एनपिएलमा सोमबार विराटनगरले जनकपुरसँग...

सिद्धार्थ बैंक एनपिएलमा सोमबार विराटनगरले जनकपुरसँग र कर्णालीले सुदूरपश्चिमसँग भिड्दै

सिद्धार्थ बैंक एनपिएलमा सोमबार विराटनगरले जनकपुरसँग र कर्णालीले सुदूरपश्चिमसँग भिड्दै

सोमवार, मंसिर ८ २०८२०७:३४
सोमवार, मंसिर ८ २०८२०७:३४
  • images

    काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सोमबार दुई खेल हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा पहिलो खेल पौने १२ बजे र दोस्रो खेल अपराह्न ४ बजे हुनेछ।

    पहिलो खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स खेल्दैछन्। विराटनगरका लागि आजको खेल प्रतियोगिताको तेस्रो खेल हुनेछ। जनकपुरले भने दोस्रो खेल खेल्दैछ। विराटनगर अपराजित छ। उसले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले तथा दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई ५ विकेटले पराजित गरेको थियो।

    जनकपुर बोल्ट्स पहिलो खेलमा काठमान्डु गोर्खाजसँग पराजित भएको थियो। जनकपुर अनिल साहको कप्तानीमा छ। टिममा अनिल साह (कप्तानरविकेटकिपर), विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी-ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था (विकेटकिपर), वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, संगिथ कोरी, आसिफ शेख (विकेटकिपर), रुपेश सिंह, इमरान ताहिर, पप्पु यादव र मयन यादव छन्।

    विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानीमा छ। टिममा सन्दीप लामिछाने (कप्तान), बसिर अहमद, लोकेश बम (विकेटकिपर), सुवास भण्डारी, नरेन भट्ट, मार्चेन्ट डी लाङ, फाप डु प्लेसिस, मार्टिन गप्टिल, प्रतीश जीसी, साम हेजलेट, नारायण जोशी, श्रावण किस्कु, जर्ज मुन्से, आयुष न्यौपाने, साहिल पटेल (विकेटकिपर), शङ्कर राना, शुभम रञ्जने र सूर्य तामाङ छन्।

    कर्णाली र सुदूरपश्चिम दुवैले ‍तेस्रो खेल खेल्दैछन्। सुदूरपश्चिम अघिल्ला दुवै खेलमा विजयी भएको छ। उसले पहिलो खेलम काठमान्डु गोर्खाजलाई २९ रनले पराजित गर्दा दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले हराएको थियो।

    चितवन राइनोजसँगको पहिलो खेलमा ४ विकेटले पराजित भएको कर्णालीले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो।

    कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गरेका छन्। टिममा सोमपाल कामी (कप्तान), विल बोसिस्टो, दीपक डुम्रे (विकेटकिपर), अर्जुन घर्ती (विकेटकिपर), गुलसन झा, युवराज खत्री, जयकिशन कोलसावाला (विकेटकिपर), म्याक्स ओुडाउड, प्रियांक पञ्चाल, दीपेन्द्र रावत, पवन सर्राफ, विपिन शर्मा, इमरान शेख, युनिश ठकुरी, मार्क वाट, नन्दन यादव, मनिष थापा र नाजिबउल्लाह जद्रान रहेका छन्।

    त्यस्तै सुदूरपश्चिम रोयल्सको नेतृत्व दीपेन्द्रसिंह ऐरीले गरेका छन्। टिममा दीपेन्द्र सिंह ऐरी (कप्तान), विनोद भण्डारी (विकेटकिपर), अविनाश बोहरा, दीपक बोहरा (विकेटकिपर), मिलन बोहरा, जोश ब्राउन, हेमन्त धामी, स्कट कुगेइलिन, क्रिस लिन, हिम्मत महरा, ईशान पाण्डे, टेक रावत (विकेटकिपर), नरेन साउद, हर्मीत सिंह, आरिफ शेख र दीपेन्द्र थापा (विकेटकिपर) रहेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend