२०८३, आश्विन १९ गते

images

विराटनगरको तेस्रो जित

विराटनगरको तेस्रो जित

सोमवार, मंसिर ८ २०८२०३:५१
सोमवार, मंसिर ८ २०८२०३:५१
  • images

    काठमाडौं ।  नेपाल प्रमियर लिग (एनपिएल) मा विराटनगर किंग्सले लगातार तेस्रो खेलमा जित हासिल गरेको छ। सोमबार भएको दिनको पहिलो खेलमा जनकपुर बोल्ट्समाथि ९ रनको जित निकाल्दै विराटनगरले लगातार तेस्रो खेलमा जित निकाल्यो। जनकपुरको भने यो लगातार दोस्रो हार हो।

    विराटनगरको जितमा कप्तान सन्दीप लामिछानेले सनसनीपूर्ण बलिङ गरेका थिए। टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले १ सय ३६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो। तर, उक्त लक्ष्य पछ्याएको जनकपुर ‘डेथ ओभर’ मा लगातार विकेट गुमाउन पुग्दा सामान्य लक्ष्य पनि भेटाउन सकेन।

    जनकपुरका लागि जन निकोल लोफ्टाइ-एटनले ४१ रन बनाउनु सर्वाधिक रह्यो। उनीबाहेक लाहिरु मिलन्थाले २३ रन बनाउँदा सन्जय कृष्णमुर्तीले २० रन बनाए। जनकपुरलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले घातक बलिङ गरे। उनले ४ ओभरमा ११ रन खर्चिएर ४ विकेट लिँदा सूर्य तामाङले २ र शुमन रञ्जना र मर्चेन्ट लङले १-१ विकेट लिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रनमा समेटियो। विराटनगरका लागि शुभम रञ्जनले ३७ रन बनाउँदा बसिर अहमदले ३६ रन बनाए। त्यस्तै, लोकेश बमले २८ रन तथा मार्टिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाएका थिए। जनकपुरका लागि सञ्जित कोरी र रुपेश सिंहले २-२ विके लिँदा आदित्य महताले १ विकेट लिएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend