२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • सिद्धार्थ बैंक एनपिएलः काठमाडौँ गोर्खाज र...

सिद्धार्थ बैंक एनपिएलः काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

सिद्धार्थ बैंक एनपिएलः काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदै

मंगलवार, मंसिर ९ २०८२०७:३४
मंगलवार, मंसिर ९ २०८२०७:३४
  • images

    काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिल० अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ ।

    करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ । 

    रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend