२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • दुई दिनको तीव्र वृद्धिपछि शेयरबजार सुस्तियो,...

दुई दिनको तीव्र वृद्धिपछि शेयरबजार सुस्तियो, नेप्से ५ अंकले मात्र उक्लियो

दुई दिनको तीव्र वृद्धिपछि शेयरबजार सुस्तियो, नेप्से ५ अंकले मात्र उक्लियो

मंगलवार, मंसिर ९ २०८२०३:४४
मंगलवार, मंसिर ९ २०८२०३:४४
  • images

    काठमाडौं । लगातार दुई दिन उच्च अंकले बढेको शेयरबजार मंगलबार भने सुस्तिएको छ। नेप्से परिसूचक आज ५.३२ अंकले बढ्दै २ हजार ५५५ अंकमा पुगेको छ।

    आइतबार र सोमबार भने नेप्से ९० अंकभन्दा बढीले उक्लिएको थियो। त्यही अवधि क्रममा कारोबार रकम पनि १४ अर्ब रुपैयाँ नाघेको थियो। तर आज बजारको चाल कम देखिँदा कारोबार ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँमा सीमित रह्यो। यसदिन कूल १ करोड १९ लाख ७६ हजार कित्ता शेयर कारोबार भएको नेप्सेले जनाएको छ।

    उपसूचकहरूमध्ये डेभलपमेन्ट बैंक, जीवन बीमा, म्युचुअल फन्ड र ट्रेडिङ समूह ऋणात्मक रहे। बाँकी नौ वटा समूह भने धनात्मक बनेका छन्। बजारमा १२२ कम्पनीको शेयर मूल्य बढेको छ भने १२५ कम्पनीको मूल्य घटेको छ।

    आज झापा इनर्जी लिमिटेडको शेयर १० प्रतिशतले बढेर शीर्ष बढुवा कम्पनीमा पर्‍यो। त्यसैगरी सागर डिस्टिलरी लिमिटेड ९.९९ प्रतिशत वृद्धि र श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लिमिटेड ९.९८ प्रतिशत वृद्धि गर्दै शीर्ष गेनरमा रहे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend