२०८३, आश्विन २० गते

images

राहदानीमा उमेर हेरफेर प्रकरण: १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

राहदानीमा उमेर हेरफेर प्रकरण: १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

मंगलवार, मंसिर ९ २०८२०६:२२
मंगलवार, मंसिर ९ २०८२०६:२२
  • images

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय झापा र इलाका प्रशासन कार्यालय गौरीगञ्जका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सरकारी कागजात सच्याइ राहदानीमा उमेर हेरफेर गरेको आरोपमा अख्तियारले इलाका कार्यालय गौरीगञ्जका तत्कालीन प्रमुख चुडामणि आपगाँई, नायब सुब्बा रविनकुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर, कार्यालय सहयोगी जीवनकुमार दाहाल तथा जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृतहरू लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । यस्तै राहदानी वाहकहरू विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्द्रप्रसाद ढुङ्गेल र बलराम महतोविरुद्ध पनि मुद्दा दायर भएको छ ।

    इलाका प्रशासन कार्यालय गौरीगञ्जमा विभिन्न व्यक्तिका राहदानी जारी गर्दा उमेर घटाउन–बढाउन अनलाइन रकम असुल गर्ने, विरोध गर्ने व्यक्तिको राहदानी ब्लक गरिदिने धम्की दिनेलगायतका गम्भीर अनियमितता भएको उजुरीका आधारमा अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा २०७९ साल जेठ १ देखि असोज ३० गतेसम्म गौरीगञ्जबाट जारी भएका राहदानीहरू अध्ययन गर्दा नागरिकता प्रमाणपत्रमा भएको जन्ममितिभन्दा फरक जन्ममिति राखेर राहदानी जारी भएको पुष्टि भएको आयोगले जनाएको छ ।

    कर्मचारी र सेवाग्राहीको मिलेमतोमा राहदानीमा २ देखि ८ वर्षसम्म उमेर हेरफेर भएको अख्तियारको अरोपपत्रमा उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend