२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • पारा ओलम्पिक्समा काँस्य जितेकी पलेशालाई राष्ट्रपति...

पारा ओलम्पिक्समा काँस्य जितेकी पलेशालाई राष्ट्रपति पौडेलको सम्मान

पारा ओलम्पिक्समा काँस्य जितेकी पलेशालाई राष्ट्रपति पौडेलको सम्मान

बुधवार, भाद्र १९ २०८१०६:१८
बुधवार, भाद्र १९ २०८१०६:१८
  • images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारा-ओलम्पिक्समा काँस्य पदक जितेकी पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।

    शीतल निवासमा बुधवार आयोजित एक कार्यक्रमकाबीच पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
    सँगै उनका प्रशिक्षक कविराज नेगी लामालाई पनि राष्ट्रपति पौडेलले बधाई तथा शुभकामना दिए ।

    सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई शुभकामना दिँदै देशको शीर उँचो पार्ने काम भएको र अर्को पटक राष्ट्रले स्वर्ण पदकको अपेक्षा गरेको बताए ।

    सम्मान कार्यक्रममा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो । कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend