२०८३, आश्विन २० गते

images

आजदेखि १ सय रुपैयाँको नयाँ नोट बजारमा, दृष्टीबिहिनले पहिचान गर्नसक्ने फिचर

आजदेखि १ सय रुपैयाँको नयाँ नोट बजारमा, दृष्टीबिहिनले पहिचान गर्नसक्ने फिचर

बिहिवार, मंसिर ११ २०८२१०:१९
बिहिवार, मंसिर ११ २०८२१०:१९
  • images

    काठमाडौँ । आजदेखि नेपाल राष्ट्र बैंकले एक सय रुपैयाँको नयाँ नोट प्रचलनमा ल्याउने भएको छ। राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै चिनियाँ कम्पनीले  छापेको उक्त नयाँ नोट बजारमा आजदेखि प्रचलनमा आउने जनाएको हो । 

    नयाँ नोट प्रचलनमा आउने भएसँगै यो नोटको फिचर्सका बारेमा राष्ट्र बैंकले सचेत गराएको छ। नेपालको नयाँ राजनीतिक नक्सा सहितको यो नोटमा दृष्टीबिहिनहरूले पहिचान गर्नसक्ने फिचर पनि समावेस गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ। नोटमा माथि उठेका थोप्लासहितका केही सुविधाले छोएर पनि पहिचान गर्नसक्ने राष्ट्र बैंकले जानकारी दिएको छ। 

    आधारत डिजाइन कायम रहेको यो नयाँ नोट श्रृखला मंसिर ११ गतेदेखि चलनचल्तीमा आउनेछ। निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्क्षतार भएको यो नोटको श्रृखला विस २०८१ रहने छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend