२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • एनपीएल : सुदूरपश्चिम रोयल्सको लगातार चौथो...

एनपीएल : सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित

एनपीएल : सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित

बिहिवार, मंसिर ११ २०८२०३:११
बिहिवार, मंसिर ११ २०८२०३:११
  • images

    काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) मा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई हराउँदै लगातार चौथो जीत दर्ता गरेको छ। बिहीबार त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले तीन विकेट गुमाएर १४५ रन बनाउँदै १४४ रनको लक्ष्य पूरा गर्‍यो।

    लुम्बिनीले पहिले ब्याटिङ गर्दै १४४ रन बनाएको थियो। कप्तान रोहित पौडेलले ३५ रन, दिलिप नाथले ३१ रन, डार्सी सट र सुमित महर्जनले समान १८ रन, र गुलबदिन नैबले ११ रन जोडेका थिए।

    सुदूरपश्चिमका बलरमध्ये हर्मित सिंह र अविनाश बोहराले तीन–तीन विकेट, हेमन्त धामीले दुई, र स्कट कुगलेनीले एक विकेट लिएका थिए।

    यस जितसँगै सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी रह्यो भने लुम्बिनी लायन्सले समान चार खेलमा तीन हार भोगेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend