काठमाडौं । आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन्। एभेन्जर्सका कप्तान कुशल भुर्तेलले टस जितेर ब्याटिङ रोजेका हुन्, जस अनुसार जनकपुरले बलिङको निम्तो पाएको छ।
आजको खेलमा दुवै टोलीले केही परिवर्तन गरेका छन्। पोखरा एभेन्जर्सले अभिषेक तिवारीको स्थानमा तृतराज दासलाई पहिलो रोजाइमा खेलेका छन्।
जनकपुरले भने आज तीन खेलाडी परिवर्तन गरेको छ। लाहिरु मिलान्था, संगिथ कुरे र आदित्य महताको स्थानमा वाने माज सादाकत, वायने पार्नेल, र शुभ कंसाकार पहिलो रोजाइमा मैदानमा रहेका छन्।

