२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • सिद्धार्थ बैंक एनपिएल क्रिकेटमा शुक्रबार चार...

सिद्धार्थ बैंक एनपिएल क्रिकेटमा शुक्रबार चार टोली मैदानमा उत्रने

सिद्धार्थ बैंक एनपिएल क्रिकेटमा शुक्रबार चार टोली मैदानमा उत्रने

शुक्रवार, मंसिर १२ २०८२०६:५०
शुक्रवार, मंसिर १२ २०८२०६:५०
  • images

    काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । 

    त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ ।

     चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा दुई अङ्क मात्र बटुलेको छ । तीन खेलबाट दुई अङ्क  जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ ।
     
    अङ्क तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अङ्क जोडेको छ । आजको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend