२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • एनपिएल क्रिकेटः काठमाडौँको चितवनलाई १४३ रनको...

एनपिएल क्रिकेटः काठमाडौँको चितवनलाई १४३ रनको चुनौती

एनपिएल क्रिकेटः काठमाडौँको चितवनलाई १४३ रनको चुनौती

शुक्रवार, मंसिर १२ २०८२०१:५३
शुक्रवार, मंसिर १२ २०८२०१:५३
  • images

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले  चितवन राइनोजलाई  १४३  रनको लक्ष्य दिएको छ । 

    त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौँ १९ दशमलव चार ओभरमा १४२ रनमा अलआउट भयो । जसमा जोन सिम्प्सनले सर्वाधिक ६० र मिलिन्द कुमारले ३८ रनको योगदान गरे ।

    npl-kathmandu.jpg
    undefined

    चितवनका सोहेल तनभिरले चार, कमल सिंह ऐरीले दुई र रञ्जित कुमारले दुई विकेट लिए ।

    कुशल मल्लको कप्तानीमा रहेको चितवन तीन खेलबाट चार अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौँले भने चारमध्ये दुई खेलमा मात्रै जित निकालेको छ । 

    यस्तै आजै हुने दोस्रो खेलमा कर्णाली र विराटनगर मैदानमा उत्रनेछन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend