२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • बलर चम्किँदा काठमाडौं गोर्खाजले चितवनलाई ५३...

बलर चम्किँदा काठमाडौं गोर्खाजले चितवनलाई ५३ रनले हरायो

बलर चम्किँदा काठमाडौं गोर्खाजले चितवनलाई ५३ रनले हरायो

शुक्रवार, मंसिर १२ २०८२०४:३३
शुक्रवार, मंसिर १२ २०८२०४:३३
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजलाई ५३ रनले पराजित गरेको छ।

    चितवनले निर्धारित १४३ रनको लक्ष्य पछ्याएको थियो, तर काठमाडौंका बलरहरूको उत्कृष्ट प्रदर्शनका कारण उनीहरू ८९ रनमै अलआउट भए। यस जीतसँगै काठमाडौं गोर्खाज ६ अंकसहित अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ।

    काठमाडौंले पहिले ब्याटिङ गर्दै १४२ रन जोड्यो। जोन सिम्पसनको अर्धशतकीय ६० रन र मिलिन्द कुमारको ३८ रनको योगदानले टोलीलाई बलियो स्कोरमा पुर्‍यायो। चितवनका बलर सोहेल तनवीरले ४, रञ्जित कुमार र कमलसिंह ऐरीले २–२ विकेट लिए।

    चितवनको इनिङ सुरु देखि नै दबाबमा रह्यो। देव खनाल र रवि बोपाराले २१–२१ रन बनाए, तर अन्य ब्याटरको प्रदर्शन निराशाजनक रह्यो। काठमाडौंका लागि रसिद खानले ३ विकेट लिए भने कप्तान करन केसी, मिलिन्द कुमार र शाहब आलमले २–२ विकेट लिए। सन्तोष यादवको खातामा १ विकेट रह्यो।

    यसअघि ५ खेल खेल्दै काठमाडौंले यो आफ्नो तेस्रो जीत हासिल गरेको छ भने ४ खेल खेलेको चितवन दुई हार र दुई जीतसहित ४ अंकमा चौथो स्थानमा छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend