२०८३, आश्विन १९ गते

images

कर्णालीविरुद्व विराटनगरको रोमाञ्चक जित

कर्णालीविरुद्व विराटनगरको रोमाञ्चक जित

शुक्रवार, मंसिर १२ २०८२०८:३९
शुक्रवार, मंसिर १२ २०८२०८:३९
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गतको १६औँ खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई ३ विकेटले पराजित गर्दै चौथो जित हासिल गरेको छ।

    कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। अन्तिम ओभरमा १० रन आवश्यक अवस्थामा वसिर अहमदले छक्का प्रहार गर्दै टोलीलाई जिताए। उनले अविजित ६२ रनको पारी खेले।

    विराटनगरका नारायण जोशीले २५ रन जोडे भने कप्तान सन्दीप लामिछाने ६ रनमा अविजित रहे। कर्णालीका सोमपाल कामी र गुल्सन झाले २–२ विकेट लिए।

    यसअघिको कर्णालीको इन्निङ्समा प्रियांक पञ्चालले ६३ रन बनाए भने विलियम वासिस्टो ४८ रनमा अविजित रहे। कर्णालीले निर्धारित ओभरमा १६१ रन बनाएको थियो।यो जितसँगै विराटनगरले प्रतियोगितामा ४ खेलमा ३ जित दर्ता गरेको छ भने कर्णालीले ३ खेलमा १ जित र २ हार बेहोरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend