२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपाल मलेसियासँग...

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै

सीएनएन खबर
शनिवार, मंसिर १३ २०८२०९:३०
सीएनएन खबर
शनिवार, मंसिर १३ २०८२०९:३०
  • images

    काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा नेपालले आज  मलेसियासँग खेल्दैछ ।

    यो खेल अजमान मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

    नेपाल समूह ‘ए’ को र मलेसिया समूह ‘डी’ को विजेताका रूपमा सेमिफाइनलमा पुगेका हुन् ।

    समूह चरणको खेलमा  नेपालले लगातार दुई जीत हात पार्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।
     
    नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।

    चौध टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट तीनवटा टोली आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुने जनाएको  छ ।

    यो प्रतियोगिताको फाइनलमा पुग्ने दुबै  टोली सिधै आगामी एसीसी यू–१९ एसिया कपमा छनोट हुनेछन् । सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुनेछ । तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्नेछ । 

    यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदैछ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend