२०८३, आश्विन १९ गते

images

नेकपाको सन्देश सभामा व्यवसायीले गरे विरोध

नेकपाको सन्देश सभामा व्यवसायीले गरे विरोध

सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०२:२५
सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०२:२५
  • images

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकी प्रदेशमा पहिलोपटकैआयोजना गरेको सन्देशसभाअगाडि व्यवसायीले विरोध गरेका छन् ।

    आइतबार (मंसिर १४) पोखराको मानवअधिकार चोकमा नेकपाको सभा आयोजना गरिएको छ । तर, त्यसले व्यवसायमा असर गर्ने भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् ।

    सभाका विषयमा नजिकैको ट्रेडमलका व्यवसायरूले असन्तुष्टि जनाएका हुन् । उनीहरूले बारम्बार उक्त स्थानमा राजनीतिक कार्यक्रम गर्दा व्यवसायमा असर परेको गुनासो गरेका छन् । सोहीअनुरूप एकता सन्देशसभाको पनि उनीहरूले विरोध गरेका हुन् ।

    उक्त स्थलमा यस दिन नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाल, भीम रावललगायत नेताले सम्बोधन गर्ने कार्यक्रम छ । व्यवसायीले ‘गरी खान देऊ’, ‘व्यापारी मार्न पाइँदैन’, ‘व्यवसाय चल्न देऊ’लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् ।

    नेकपाको सभा पनि चलिरहेको छ । व्यवसायीले विरोध गरेपछि केही समय नेकपाका कार्यकर्तासँग उनीहरूको भनाभन भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend