२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • काठमाडौंलाई जितका लागि कर्णालीले दियो १५०...

काठमाडौंलाई जितका लागि कर्णालीले दियो १५० रनको लक्ष्य

काठमाडौंलाई जितका लागि कर्णालीले दियो १५० रनको लक्ष्य

सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०५:२०
सीएनएन खबर
आइतवार, मंसिर १४ २०८२०५:२०
  • images

    काठमाडौँ । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जितका लागि काठमाडौ गोर्खाजसामु १ सय ५० रनको लक्ष्य प्रस्तुत गरेको छ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४९ रनको योगफल तयार पारेको हो।

    कर्णालीका लागि गुल्सन झा ले २२ बलमा ६ चौका ३ छक्का सहयोगमा ४९ रनमा अविजित रहे। नन्दन यादव १ रनमा अविजित रहे।

    २९ बलमा २ चौका र २ छक्का प्रहार हान्दै पवन सर्राफ ३५ रन बनाउँदा सन्तोष यादवको बलमा एलबीडब्लु धरापमा परे। 

    २७ बलमा १ चौका र २ छक्का प्रहार गरेका ओपनर मार्क वाट ३० रन बनाउँदा रन आउट हुन पुगे। अर्का ओपनर प्रियाङक पञ्चाल रोयल डकआउट हुन पुगे। 

    विलियम बसिस्टो १ रनमा नै रन आउट भए। नजिबुल्लाह जड्रान १२ रन बनाउँदा रासिद खानको बलमा साहब आलमको हातबाट क्याच आउट नै भए। 

    कप्तान सोमपाल कामी ६ रनमा मिलिन्द कुमारको बलमा कट एण्ड बोल्ट हुन पुगे। दिपक डुम्रे १० रन बनाउँदा रासिद खानको बलमा बोल्ड आउट भए। 

    काठमाडौका लागि रासिद खानले २ विकेट लिए। करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट आफ्नो नाममा गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend