२०८३, आश्विन १९ गते

images
  • खेलकुद
  • एसिसी प्रिमियर कपको उपाधि जित्न नेपालले...

एसिसी प्रिमियर कपको उपाधि जित्न नेपालले पायो १४८ रनको लक्ष्य

एसिसी प्रिमियर कपको उपाधि जित्न नेपालले पायो १४८ रनको लक्ष्य

सोमवार, मंसिर १५ २०८२०३:०२
सोमवार, मंसिर १५ २०८२०३:०२
  • images

    काठमाडौं । एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपालले १४८ रनको लक्ष्य पाएको छ। युएईको अजमानस्थित करवान मैदानमा घरेलु टोली विरूद्धको फाइनल खेलमा नेपालले जितका लागि १४८ रनको लक्ष्य पाएको हो।

    पहिले ब्याटिङ गरेको युएईलाई ४५.५ ओभरमा अल आउट गर्दै १४७ रनमा रोकेको हो। युएईका लागि अहमद खुदादादले सर्वाधिक ७१ रन बनाए। उनले १२६ बलमा ६ चौका प्रहार गरे।

    त्यस्तै नूरउल्लाह अयोबीले ४७ बल खेल्दै २ चौका र २ छक्काको मद्दतबाट २६ रन जोडे। आयान मिसबानले ११ रनले जोडे। कप्तान यायिन राई शून्यमै आउट भएका थिए। नेपालका लागि दयानन्द मण्डलले ६ विकेट लिए। अप्रजित पौडेलले २ तथा नितेशकुमार पटेल र अशोक धामीले एक/एक विकेट लिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend