२०८३, आश्विन २० गते

images
  • अर्थतन्त्र
  • बैंकहरुले ‘लोन प्याकेज’ पुनरावलोकन गर्नुपर्छ :...

बैंकहरुले ‘लोन प्याकेज’ पुनरावलोकन गर्नुपर्छ : गभर्नर

बैंकहरुले ‘लोन प्याकेज’ पुनरावलोकन गर्नुपर्छ : गभर्नर

सोमवार, मंसिर १५ २०८२०४:४८
सोमवार, मंसिर १५ २०८२०४:४८
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले बैंकहरुले ‘लोन प्याकेज’ हरु पुनरावलोकन गर्नुपर्ने बताएका छन् । आज (सोमबार) नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा गभर्नर पौडेलले विभिन्न क्षेत्रहरुबाट बैंकहरुको लोनका बारेमा प्रश्न उठेको बताउँदै अब बैंकहरुले त्यस्ता प्याकेजहरु पुनरावलोकन गर्ने बेला आएको बताए ।

    गभर्नर पौडेलकाअनुसार उद्योगी, व्यवसायीहरुसँग छलफल गरेर बैंकका सीईओहरुले त्यस्ता प्याकेजहरु डिजाइन गर्नुपर्छ । अहिलेका प्याकेजहरु त्यसरी डिजाइन नगर्दा प्रभावकारी रुपमा ऋण प्रवाह हुन सकेको छैन र ब्यापक रुपमा बैंकमा पैसा थ्रुपिएको छ । उनले बैंकहरुको प्रोडक्ट मौद्रिक नीतिअनुसार नआउने गरेको समेत बताए ।

    ‘बैंकको फाइनान्सियल प्रोडक्सहरु मोनटिरी पोलिसीअनुसार नयाँ आइरहेको देखिँदैन । कतिपय फार्मरहरुदेखि टुरिजम सेक्टरको फार्मर, एन्ट्ररप्रेनरसहरुले पनि भनिरहेका छन् की लोन प्रोडक्टहरुले जुन रुपमा डिजाइ भइरहेको छ, त्यो डिजाइनहरु उहाँहरुको आवश्यकता अनु्कुलको भएर आएको छैन् । त्यो भएर बैंकका म्यानेजरहरु समेत यो कार्यक्रममा हुनुहुन्छ, लोकल विजनेशम्यानहरुलाई फोकस गरेर फाइन्सीयल प्रोडक्टहरु ल्याउन म अनुरोध पनि गर्दछु,’ उनले भने । गभर्नर पौडेलले यस विषयमा बैंकका सीईओसँग आगामी हप्ता छलफल समेत आफूले गर्न लागेको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend