२०८३, आश्विन १९ गते

images
  • राजनीति
  • मन्त्रिपरिषद् बैठक:जेनजी शहीद दिवस मनाउने निर्णयदेखि...

मन्त्रिपरिषद् बैठक:जेनजी शहीद दिवस मनाउने निर्णयदेखि काउन्सिलको अध्यक्ष मनोनयनसम्म

मन्त्रिपरिषद् बैठक:जेनजी शहीद दिवस मनाउने निर्णयदेखि काउन्सिलको अध्यक्ष मनोनयनसम्म

सोमवार, मंसिर १५ २०८२०८:३५
सोमवार, मंसिर १५ २०८२०८:३५
  • images

     

    काठमाडौं । सरकारले प्रत्येक वर्षको भदौ २३ लाई जेनजी शहीद दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।  सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनकाअनुसार गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा मृत्यु भई शहीद घोषणा भएका परिवारका सदस्यहरुलाई फोटोसहितको परिचयपत्र उपलब्ध गराउने निर्णय समेत भएको छ ।

    उनले आगामी माघ १ गतेदेखि एकैपटकमा पाँच लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदविक्री वा अन्य कारोबार गर्दा बैंकिङ उपकरणमार्फत मात्र गर्नेगरी नगद कारोबारको सीमा निर्धारण गर्ने निर्णय गरेको पनि बताए ।

    उनले प्रेस काउन्सिल नेपालको अध्यक्ष पदमा डा. कुमार शर्मा आचार्यलाई मनोनयन गर्ने निर्णय भएको पनि जानकारी दिए । उनकाअनुसार बैठकले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय पनि भएको छ । त्यस्तै सरकारले श्रीलंका सरकारलाई २ लाख अमेरिकी डलर सहायता उपलब्ध गराउने निर्णय पनि गरेको छ । 

    उनले विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गर्ने निर्णय भएको पनि बताए । सरकारले वैकुण्ठ अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend