२०८३, आश्विन १९ गते

images

नेपालमा कहिलेदेखि चल्ला टिकटक, प्रतिनिधि काठमाडौंमा

नेपालमा कहिलेदेखि चल्ला टिकटक, प्रतिनिधि काठमाडौंमा

बिहिवार, भाद्र २० २०८१०३:४३
बिहिवार, भाद्र २० २०८१०३:४३
  • images


    काठमाडौं । सर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरू काठमाडौँ आएका छन् । उनीहरूले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका सर्तहरूबारे छलफल गरेका छन् ।

    टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका सर्तहरू पूरा गर्ने प्रतिबद्धता पत्र तुरुन्तै दिन सकिने बताएका  छन्  । टिकटक प्रतिनिधिले सरकारले राखेका सर्तबाहेक अन्य विषयमा पनि नेपाल सरकारलाई सघाउन सक्ने बताएका छन् ।

    सामाजिक सद्भाव खलबल्याएको भन्दै सरकारले २७ कात्तिक २०८० मा टिकटक बन्द गरेको थियो । त्यसको करिब साढे नौ महिनापछि गत ६ भदौमा सरकारले सर्तसहित टिकटकमाथिको प्रतिबन्ध हटाएको थियो । सरकारले प्रतिबन्ध हटाएपनि अहिलेसम्म टिकटक सुचारु हुन सकेकाे छैन् ।

    टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने सर्त सरकारले राखेको थियो ।

    सरकारलाई टिकटकका प्रतिनिधि छुट्टाउनै सकसः प्रतिबन्ध हट्यो, तर सञ्चालन अन्योलमा सरकारलाई टिकटकका प्रतिनिधि छुट्टाउनै सकसः प्रतिबन्ध हट्यो, तर सञ्चालन अन्योलमा

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend