२०८३, आश्विन २० गते

images

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल

सिद्धार्थ बैंकको कामु सीईओमा बस्याल

बुधवार, मंसिर १७ २०८२१०:१८
बुधवार, मंसिर १७ २०८२१०:१८
  • images

    काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायम मुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन्।

    बैंकका सीईओ रहेका सुन्दर प्रसाद कँडेलको ४ वर्षे कार्यकाल मंसिर २६ गतेबाट समाप्त हुँदैछ। सीईओको पदावधि सकिन लागेकाले बैंकको मंसिर १६ गत बसेको सञ्चालक समितिको बैठकले हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) बस्याललाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

    उनलाई मंसिर २७ गतेदेखि लागू हुने गरी कामु सीईओ पदमा नियुक्त गरिएको हो।

    shidar.JPG

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend