२०८३, आश्विन २० गते

images

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ६० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा अधिक तरलता, थप ६० अर्ब खिच्दै राष्ट्र बैंक

बुधवार, मंसिर १७ २०८२११:४४
बुधवार, मंसिर १७ २०८२११:४४
  • images

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलता थुप्रिएपछि एकै दिन ६० अर्ब रुपैयाँ खिच्ने भएको छ ।

    केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ खिच्न लागेको हो । २८ दिने निक्षेप संकलन उपकरणको २०८२ पुस १६ गते साँवा तथा ब्याज भुक्तानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

    बोलकबोलको माध्यमबाट ब्याजदर निर्धारण हुनेछ । राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने छ ।

    उक्त निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा हुने छ । साथै, बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend