२०८३, आश्विन २० गते

images

धोबीखोलामा पुरुष मृत फेला

धोबीखोलामा पुरुष मृत फेला

बिहिवार, मंसिर १८ २०८२१०:३८
बिहिवार, मंसिर १८ २०८२१०:३८
  • images

    काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। बिहीबार बिहान करिब ६:५० बजे काठमाडौँ महानगरपालिका–२९ क्षेत्रमा शव देखिएपछि प्रहरीलाई खबर गरिएको हो।

    प्रहरीका अनुसार मृतक काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल शंखमुल बस्ने करिब ५० वर्षीय ललित गिरी हुन्। गिरीको पहिचान उनकी श्रीमतीले पुष्टि गरेकी छन्।

    घटनास्थलमा प्रहरी टोली पुगेको र आवश्यक प्रक्रियागत काम अघि बढाइरहेको बताइएको छ। शवको प्रारम्भिक परीक्षण तथा कागजी प्रक्रिया पूरा गर्न प्रहरीले काम गरिरहेको छ।

    मृत्युको कारणबारे प्रष्ट विवरण अहिलेसम्म प्राप्त नभएको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend