काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला तीन हजार ६२५ रुपैयाँमा खरिदबिक्री भइरहेको हो ।

