२०८३, आश्विन १९ गते

images

सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा

सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा

बिहिवार, मंसिर १८ २०८२०९:२७
बिहिवार, मंसिर १८ २०८२०९:२७
  • images

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ मा सुदूरपश्चिमले छैटौं जित निकालेको छ । सुदूरपश्चिमले चितवनलाई ४९ रनले पराजित गरेको हो ।

    सुदूरपश्चिमले दिएको १७० रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर एक बलमा १२० रन बनाउँदै अलआउट भयो ।


    चितवनका लागि रवि बोपाराले सर्वाधिक २९, देव खनाल २८, अर्जुन साउद १६, कप्तान कुशल मल्ल १५, बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

    बलिङमा सुदूरपश्चिमका पुनित मेहराले ३, कप्तान दीपेन्द्रसिंह ऐरी, हिक्मत महरा, अविनाश बोहरा र इसान पाण्डेले एकरएक विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम निर्धारित २० ओभरमा ४ विकेट गुमाएर सुदूरपश्चिमले १६९ रन जोड्यो ।

    सुदूरपश्चिमका लागि ओपनर क्रिस लिनले सर्वाधिक ७५ रन जोडे । कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४, विनोद भण्डारीले २१ र पुनित मेहराले १३ रन बनाए ।

    चितवनका लागि सैब जैबले दुई, रञ्जित कुमार र जर्ज स्क्रिमसोले समा एक-एक विकेट लिए ।  चितवनले एनपीएल–२ मा चौथो हार बेहोरेको छ । यो हारसँगै प्लेअफमा पुग्ने चितवनको सम्भावनामा कठिन बनेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend