२०८३, आश्विन १९ गते

images

जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा

जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा

शुक्रवार, मंसिर १९ २०८२०८:०९
शुक्रवार, मंसिर १९ २०८२०८:०९
  • images

    काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिगको प्लेअफमा पुगेको छ। शुक्रबार साँझ टियू स्टेडियममा भएको लो स्कोरिङ थ्रीलर म्याचमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनीले चौथो टिमको रुपमा प्लेअफमा स्थान बनाएको छ। यो जितसँगै लुम्बिनीको ७ खेलमा ८ अंक भएको छ। अब उसले प्लेअको एनलिमिनेटरमा विराटनगर किंग्स या काठमाडौं गोर्खाजमध्ये एकसँग खेल्नेछ। काठमाडौं र विराटनगर यसअघि नै प्लेअफमा पुगिसकेका छन्।

    जनकपुरमाथि लुम्बिनीको जितपछि जनकपुरसँगै चिवतन राइनोज र पोखरा एभेन्जर्सको पनि प्लेअफ आशा सकिएको छ। दुवैको समान ४ अंक छ। लिगको अन्तिम खेलमा भोलि दुवै टिम आपसमा भीड्दै छन्।
    १३३ रनको झिनो लक्ष्य लुम्बिनीले ५ बल बाँकी छँदा ६ विकेटको क्षतिमा भेट्टायो। सानो लक्ष्य डिफेन्ड गर्ने क्रममा जनकपुरले राम्रो बलिङ गरेपछि फिल्डिङमा चुकेपछि उसले खेल ुगुमायो।
    लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेले सर्वाधिक ३४ रन बनाउँदा डार्सी सर्टले ३० रन बनाए। यी दुईले दोस्रो विकेटका लागि ६१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए। यस्तै, जेजे स्मिथले २१, निरोशन डिक्वेलाले १७ र दिलिप नाथले १५ रन बनाए।

    बलिङमा संगीथ कुरेले ३ तथा मयन यादवले २ विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको जनकपुरले ६ विकेटको क्षतिमा १३२ रन बनायो। उसका लागि कुरेले ३८ बलमा २ चौका र १ छक्का मद्दतमा ४५ रन बनाउँदा मयन यादवले २७ र आसिफ सेखले २० रन बनाए। 

    बलिङमा लुम्बिनीका लागि शेर मल्ल र रोहितले समान २ विकेट लिँदा जेजे स्मिथ र रुबेन त्रुमपेलमनले समान १ विकेट लिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend