२०८३, आश्विन २० गते

images

एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट

एनआईसी एशिया बैंकको लकर सेवामा १५ प्रतिशत छुट

शुक्रवार, मंसिर १९ २०८२१०:०७
शुक्रवार, मंसिर १९ २०८२१०:०७
  • images


    काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई लाभान्वित तुल्याउने उद्देश्यले लकर सेवामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्ने ग्राहकहरूको चाहनालाई पूरा गर्न त्यस्तो छुट योजना सार्वजनिक गरेको हो ।

    निश्चित अवधिका लागि मात्र सार्वजनिक गरिएको सो योजनाअनुसार ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा १५ प्रतिशतको विशेष छुट सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ ।

    बैंकका अनुसार ग्राहकहरूले यस बैंकको लकर सुविधा लिई आफ्नो बहुमूल्य सामान तथा महत्त्वपूर्ण कागजातहरू ढुक्कका साथ सुरक्षित राख्न सक्नेछन् । बैंकले मुलुकभरका १५० वटा शाखाहरूमा ग्राहकहरूको आवश्यकताअनुसारका विभिन्न आकारमा लकर सेवाहरू उपलब्ध गराएको छ ।

    बैंकले ल्याएको यस छुट सुविधाबाट ग्राहकहरूलाई लकर सेवा प्रयोग गर्न थप सहज, सरल, सहुलियत प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend