२०८३, आश्विन २० गते

images

कान्ति राजमार्ग बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

कान्ति राजमार्ग बन्द, वैकल्पिक सडक प्रयोग गर्न आग्रह

शनिवार, मंसिर २० २०८२१२:४०
शनिवार, मंसिर २० २०८२१२:४०
  • images

    काठमाडौं । कान्ति राजमार्ग (कान्ति लोकपथ) मा सवारी आवागमनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार सडक स्तरोन्नतिको कामका लागि ६० दिनसम्म दिउँसोको समयमा सवारी साधन सञ्चालनमा रोक लगाएको हो ।

    कान्ति राजमार्ग सडक योजना एकान्तकुनाको कार्यक्षेत्रमा पर्ने सडक विस्तार तथा कटिङ भइरहेकाले सो क्षेत्रमा आजदेखि दैनिक ६ घण्टा (बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म) उक्त सडक खण्ड पूर्ण रुपमा बन्द हुने भएको हो ।

    साथै कान्ति राजमार्ग हुँदै यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले तोकिएको समय बिहान ११ देखि बेलुका ५ बजे बाहेकको समयमा मात्र यात्रा गर्न वा अन्य वैकल्पिक सडक प्रयोग गर्न  आग्रह गरिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend