काठमाडौं । कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई १३० रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी लिग चरणको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन जोड्यो।
कर्णालीका ओपनर तथा यो सिजन पहिलो खेल खेलेका इमरान शेखले सर्वाधिक ३३ रन योगदान दिए। उनले ३२ बलमा १ चौका र १ छक्का प्रहार गरे। त्यस्तै गुल्सन झाले २० बलमा १९ रन, कप्तान सोमपाल कामीले १ चौका र १ छक्कासहित १० बलमा १८ रन जोडे।प्रियांक पञ्चालले १६, विलियम बोसिस्टोले १५ तथा नजिबुल्लाह जद्रानले १३ रन बटुले।
बलिङतर्फ जनकपुरका ललित राजवंशी र आदित्य महताले समान २–२ विकेट लिए। संगीथ कुरे, अनिल शाह र माज सदाकतले एक–एक विकेट हात पारे।अब जनकपुर बोल्ट्सले प्लेअफ प्रवेशको सम्भावनामा प्रभाव पार्ने यो महत्त्वपूर्ण खेल जित्न १३० रनको लक्ष्य पछ्याउनेछ।

