२०८३, आश्विन १९ गते

images
  • अटो
  • ईभी प्रयोगकर्तालाई लक्षित गर्दै ‘विन्टर ईभी...

ईभी प्रयोगकर्तालाई लक्षित गर्दै ‘विन्टर ईभी सर्भिस क्याम्प’ आयोजना गर्दै सिप्रदी

ईभी प्रयोगकर्तालाई लक्षित गर्दै ‘विन्टर ईभी सर्भिस क्याम्प’ आयोजना गर्दै सिप्रदी

सीएनएन खबर
सोमवार, मंसिर २२ २०८२१०:२२
सीएनएन खबर
सोमवार, मंसिर २२ २०८२१०:२२
  • images

    काठमाडौँ । टाटा मोटर्सका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय सवारीसाधन ९ईभी० प्रयोगकर्तालाई लक्षित गर्दै ‘विन्टर ईभी सर्भिस र एक्सचेन्ज क्याम्प’ सार्वजनिक गरेको छ । 

    जाडो याममा ईभीको प्रदर्शन र सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना गरिएको यो कार्यक्रम डिसेम्बर ७ देखि १०, २०२५ सम्म सञ्चालन हुनेछ ।

    सिप्रदीका अनुसार क्याम्पमा सहभागी ग्राहकले विभिन्न निःशुल्क सेवाहरू पाउनेछन् । निःशुल्क लेबर चार्ज, टप वाशिङ, कम्प्युटर डायग्नोसिस, ब्याट्री तथा इलेक्ट्रिकल परीक्षण, सस्पेन्सन र ब्रेक जाँच लगायतको १० प्वाइन्ट चेकअप सेवा उपलब्ध हुनेछ । 

    त्यस्तै, जाडो महिनामा सर्भिसिङलाई किफायती बनाउने उद्देश्यले आवश्यक स्पेयर पार्ट्स र लुब्रिकेन्ट्समा १८ प्रतिशतसम्म छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

    सर्भिस सुविधासँगै यस क्याम्पमा ईभी एक्सचेन्ज सेवासमेत उपलब्ध गराइनेछ । नयाँ टाटा ईभी खरिद गर्न चाहने ग्राहकलाई थप विकल्प र लाभ प्रदान गर्न एक्सचेन्ज सुविधा उपयोगी हुने सिप्रदीको दाबी छ ।

    ग्राहकलाई सुरक्षित, भरपर्दो र सहज सवारी अनुभव दिलाउने लक्ष्यसहित ल्याइएको यो पहल जाडो मौसमलाई आत्मविश्वासका साथ पार गर्न सहयोगी हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । विद्युतीय गतिशीलताको विस्तार र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता प्रभावकारी तथा ग्राहक–मैत्री कार्यक्रम निरन्तर अघि बढाइने सिप्रदी ट्रेडिङले जनाएको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend